आज बिहान ४ः१७ बजे काभ्रेको बनेपा केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको छ।
त्यसपछि सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४ः२६ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो।
योसँगै हालसम्म चार रेक्टरभन्दा माथिको ८२ वटा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। रासस