शनिबार गएको विनासकारी महाभुकम्पका कारण मुलुकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार ठाउँ ठाउँमा चर्केको छ।
दशकौं देखि मुलुक सञ्चालनको मुख्य कार्यालयको रूपमा रहेको ऐतिहासिक सिंहदरबारको जगदेखि माथिल्लो तलासम्म ठाउँ ठाउँमा भुकम्पका कारण चर्कदै फुटेको देखिएपछि प्रधानमन्त्रीदेखि रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोग कार्यालय बिहिन भएका छन्।
भुकम्पको कारण भवनमा देखिएको चिरा पश्चात जाकर्ताको भ्रमण छोट्याएर आइतबार स्वदेश फर्केका प्रधानमन्त्री सुशील कोइराला आफ्नो कार्यालयमा पनि प्रवेश गर्न पाएनन्।
जसका कारण भुकम्पले देशका विभिन्न भागमा पारेको धनजनको विनासमा पीडितहरुको खोजी, उद्धार राहतका लागि डाकेको मन्त्रिपरिषदको आपतकालिन बैठकदेखि सर्वदलीय बैठकसमेत गृहमन्त्रालय परिसरमा रहेको आपतकालिन उद्धार केन्द्रको कार्यालयमा बस्नु पर्यो।