भुकम्पबाट उद्धार गर्न विभिन्न मुलुकहरुले आफ्नो सहयोग तथा सहायता नेपाल पठाउन थालेका छन्।
भारतवाट पठाइएका राहत सामाग्रीहरु नेपाल पुग्न थालिसकेको छ भने अन्य देशहरुवाट नेपालमा राहत पठाउने क्रम जारी छ।
अमेरिकन सरकारले १० करोडको सहयोग समेत प्राकृतिक प्रकोप उद्धार टोली पठाउँदै छ भने, चीनले उद्धार खोजीकालागि ६२ सदस्य तथा ६ कुकरसहित टोली पठाउँदै छ।
पाकिस्तानले चारवटा सि १३० हवाइजहाँजसँगै दैनिक उपभोग्य वस्तु लगायत हस्पिटलका लागि चाहिने उपकरण लगायत आफ्नो उद्धार टोली पठाउँदै छ।
त्यस्तै डाक्डर विथ आउट बोर्डरले पनि नेपालका लागि ३ हजार किट लगायत मेडिकल सप्लाइ पठाउँदै छ।
च्यारीटी अेमरीकयर्सले पनि खाना, कपडा, औषधि उपचार सामाग्री लगायत अन्य दैनिक उपभोग्य वस्तुहरू लैजानका लागि पहल गरीरहेको छ।
गुगलले पनि १० लाख डलरको सहयोग नेपाललाई दिने बताइसकेको छ। क्यालीफोर्निया तथा भर्जिनियावाट उद्धारटोली पनि नेपालका लागि जादैछ।