जाजरकोटमा स्वाइन तथा सिजनल फ्लुका बिरामीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले विराटनगरस्थित लायन्स र लियो क्लब युनाइटेडले संयुक्त रुपमा शुक्रबारदेखि एक रुपैयाँ सङ्कलन अभियानको सुरु गरेको छ ।
मोरङका विभिन्न विद्यालय, सरकारी कार्यालय, व्यापारिकस्थल र सार्वजनिकस्थलबाट ‘जाजरकोटलाई एक रुपैयाँ’को अभियानमार्फत सहयोग सङ्कलन गरिनेछ । यसका साथै सर्वसाधारणलाई जाजरकोटप्रति संवेदनशील गराउन र जनचेतनासमेत फैलाउने उद्देश्य रहेको बताइएको छ ।
यस सम्बन्धमा जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रममा लायन्स क्लब अफ विराटनगरका गभर्नर बलराम पन्तले सो कार्यक्रममार्फत रु पाँच लाखसम्म सङ्कलन गरिने लक्ष्य राखिएको र यसका लागि जिल्लास्थित विभिन्न लायन्स र लियो क्लब सक्रियतापूर्वक खटिने जानकारी गराए । रासस
प्रकाशित मिति: 2015-04-25 06:46:46