अमेरिकी राष्ट्रपति बाराक ओबामाकी हजुरआमा मुस्लिमहरुको पवित्र शहर मक्का पुगेकी छन्। केन्या निवासी ९० वर्षकी सारा ओमर छोरा सहिद र नाति मौसासँग मक्का पुगेकी हुन। मक्कामा उनले पैगम्बर मोहम्मदको जीवनीबारेको प्रर्दशनीको पनि अवलोकन गरेको अलअरेबिया न्युजले जनाएको छ।
साराले प्रर्दशनीमा भाग लिन पाउँदा खुसी लागेको र संसारका अन्य शहरका पनि यस्ता प्रर्दशनी गरिनुपर्ने बताइन्।
राष्ट्रपति ओबामाका बुवा केन्याली मूलका हुन भने आमा अमेरिकी हुन। उनले किशोर अवस्थाबाट नै क्रिश्चियन धर्म अंगालेका थिए।
धेरै मुस्लिम संगठनले अमेरिकालाई मुख्य निशाना बनाउँदै आएका छन्। अलकायदाले सन् २००१ मा अमेरिकाको ट्वीन टावरमा आक्रमण गरेको थियो भने पछिल्लो समय सिरिया र इराकमा कार्यरत समूह स्लामिक स्टेट (आइएस) अमेरिकाका लागि सबैभन्दा चूनौतिपूर्ण भएको सर्वेक्षणले देखाएको छ।