तस्विरः सुविन श्रेष्ठ
ललितपुरको जावलाखेल चोकमा मिनीबसले एउटा मोटरसाइकललाई ठक्कर दिंदा बसमा सवार २० जना यात्रु घाइते भएका छन्।
बिहान साढे सात बजे रत्नपार्क-भैसेपाटी रूटमा चल्ने बा २ ख ३५० नम्बरको मिनीबसले बा ४२ प ७१८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
तीव्र गतिमा रहेको मोटरसाइकललाई बचाउन खोज्दा मिनीबस पल्टिएको ललितपुर ट्राफिक प्रहरीले जनाएको छ।
दुर्घटनामा परी घाइते भएकाहरुको पाटन र अल्का अस्पतालमा उपचार भइरहेको छ।
*सच्याइएको