मेडिकल कलेजका विकृति र बिसंगतीका बिरोधमा बिभिन्न माग राखी आमरण अनशनमा बसेका डा.गोविन्द केसीमा आन्दोलनप्रति युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवाकामा अध्ययनरत बिद्यार्थीहरुले पनि ऐक्यवद्धता जनाएका छन्।
कलेजमा अध्ययनरत बिद्यार्थीहरुले डा. केसीको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै र्याली निकालेका छन्।
कलेजमा अध्ययनरत अगुवा बिद्यार्थी डा. देवराज कंडेलले डा. केसीका मागहरु मेडिकल कलेज र समग्र स्वास्थ्य क्षेत्रको सुधारको पक्षमा रहेकोले डा. केसीको आन्दोलनप्रति आफुहरुको पनि ऐक्यवद्धता रहेको बताए।
मेडिकल कलेजका विद्यार्थीहरुले सोमबार भैरहवामा डा. केसीको समर्थनमा शान्ती र्याली निकालेका छन्। यसअघि गत शनिबार कलेज परिसरमा मैनबत्ती बालेर डा. केसीको मागलाई समर्थन गरेका थिए।
र्याली समापनपछि आयोजित कार्यक्रममा मेडिकल कलेजका डा. राजु काफ्ले, डा. युवराज सिग्देल र बिद्यार्थी सुवास लामिछाने सरकारले डा. केसीको आन्दोलनलाई सम्बोधन नगरे अझ शशक्त रुपमा आन्दोलन अगाडी बढाईने बताए।
मेडिकल क्षेत्रमा भएका बिकृति र बिसंगतीको बिरोधमा डा. गोविन्द केसी बिगत १० दिनदेखि शिक्षण अस्पताल काठमाडौंमा आमरण अनशन बसेका छन्।