नेकपा(एमाले)का पोलिटव्युरो सदस्य रामनाथ ढकाललाई थप उपचारका लागि भारतको राजधानी नयाँदिल्लीतर्फ लैजान आज नसकिएको एमालेले जनाएको छ ।
स्वाइन फ्लुबाट गम्भीर बिरामी भई राजधानीको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका नेता ढकाललाई लिन नयाँ दिल्लीबाट एयरएम्बुलेन्स आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
उनलाई त्यसतर्फ लैजान तयारी गरिए पनि एयरएम्बुलेन्स अवतरण गर्न दिल्लीको मौसम अनुकूल नभएपछि आज लैजान सम्भव नभएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।
दिल्लीको मौसम अनुकूल हुनासाथ उनलाई सोमबार त्यसतर्फ लैजाने एमालेले जनाएको छ। रासस