राजधानीको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा आगलागी भएको छ। आइतबार बिहान होटलको पूर्वी भागमा लागेको आगो अहिले नियन्त्रणमा आइसकेको छ।
विद्युत सर्ट भएर लागेको आगो होटलको भुइतलामा लागेको प्रहरीले जनाएको छ । आगो बाहिर नदेखिए पनि होटलमा रहेका पाहुनाहरूलार्इ बाहिर निकालिएको छ। दमकल आएर आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।