वौद्ध धर्म गुरू तेन्जिङ रिम्पोछेले लुम्बिनीस्थित कोरियन टेम्पलको छेउमा एउटा भब्य र आकर्शक विश्वकै उत्कृष्ट महासिद्ध विश्व शान्ति स्तुपा निमार्ण गर्ने भएका छन्।
वाङ्छेङ गोगंझु अन्तर्राष्ट्रिय प्रतिष्ठान र भृकृटी हिमालयन प्रतिष्ठानद्वारासंयुक्त रूपमा निमार्ण गरिने महासिद्ध विश्व शान्ति स्तुपाको २०१३ को नोभेम्बरमै शिलान्यास भएको हो।
जग्गा र केही प्राविधिक कामले गर्दा ढिलो निर्माण सुरू भएको स्तुपा आगामी तीन वर्षमा पूरा हुने भएको छ।
विश्वभर रहेका शान्तिप्रेमीहरूलाई लुम्बिनीसम्म डोहोर्याएर अन्तर्राष्ट्रिय सेवा र सुविधासहितको मनोरञ्जन र ध्यानमा सामेल गराउन लागि स्तुपा बनाउन लागिएको रिम्पोचेले आइतबार स्काइप कुराकानीमा बताए।
‘यो महासिद्ध विश्व शान्ति स्तुपा विश्वकै उत्कृष्ट र शान्तिप्रेमीहरुका लागि आकर्षणको केन्द्र बन्न सक्छ,’ उनले भने।
नेपाल सरकार र लुम्बिनी क्षेत्र विकास कोषको महत्वपूर्ण सहयोगले आफूले यस्तो स्तुपा बनाउन लागेको उनले दाबी गरे।
चर्चित जमर्न आर्किटेक्ट तथा जर्मनको संसद भवनका डिजाइनर प्रोफेसर स्टेफेन ब्राउनफल्सले डिजाइनिङ्ग गरेको स्तुपा विश्वका हरेक धर्म र संस्कृति मान्ने शान्ति प्रेमीहरुका लागि उत्कृष्ट गन्तब्य हुने उनले विश्वास लिए।
स्तुपा निमार्णको नेतृत्व गरेका बौद्ध धर्मगुरु स्याल्पा तेन्जिङ रिम्पोछेले स्तुपालाई विश्वकै उत्कृष्ट, सुन्दर शान्तिकेन्द्र बनाइने बताए।
आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको स्तुपाको निर्माण कार्य सुरू भइसकेको छ।
यो दुनिँया भरका मान्छेहरूबीच शान्ति र बुद्धको सन्देश फैलाउने मौकाको रूपमा यसलाई उनले लिएका छन्।
‘विशेष गरी मलाई विश्वले नै मानेको शान्तिको पवित्र स्थल लुम्बिनीमा स्तुपा निर्माण गर्न ठूलो इच्छा थियो। जसमा नेपाल सरकार,लुम्बिनी क्षेत्र विकास कोष र समस्थ भक्तजनहरूको हौसला र आफ्नै हृदय भित्रको सहिष्णुताले यो शान्ति मन्दिर निर्माण गर्न लागिएको हो।’
यस्तो महत्वकांक्षि योजनाका लागि रकम कसरी जुटाउनु भएको छ भन्ने प्रश्नमा उनले भने, ‘यस्तो परोपकारी कार्यका लागि विश्वभर रहेका सकारात्मक सोच, विचार भएका शान्तिप्रेमीले एक-एक डलर, युआन, वा यूरो संकलन गर्न थालिएको छ,’ उनले भने, ‘यस पवित्र परियोजनामा समर्थन गर्न सबैलाई निम्तो पनि दिन चाहन्छु।’
अत्याधुनिक स्तुपाभित्र आकर्षक प्रवेश हल हुनेछ जसमा भगवान बुद्धलाई जन्म दिने रानी माया देवीको एउटा मुर्ति राखिने छ। यसमा बुद्ध जन्म, जीवन,शिक्षा र प्रतिबिम्ब लागि एउटा शान्त वातावरण हुने छ। यस्तै वृहत डिजिटल पुस्तकालयमार्फत विगतदेखि वर्तमानसम्म सबै भाषामा उपलब्ध बौद्ध शिक्षा एकै ठाउँमा डिजिटल माध्यमबाट पढ्न सकिने डिजिटल पुस्तकालय बन्ने छ।
बौद्ध धर्म सम्बन्धी र भगवान गौतम बुद्धको जन्म, जीवन र शिक्षा बारे जानकारीमूलक बस्तुहरू संग्रहित भएको संग्रहालय पनि निर्माण हुनेछ।
बौद्ध धर्मसम्बन्धी विश्वस्तरको सम्मेलन गर्न मिल्ने करिब १४ सय जना अट्ने बौद्ध सेमिनार हल निर्माण हुनेछ। यसमा विभिन्न सभा र वार्षिक सम्मेलन सबै परम्परादेखि बौद्ध शिक्षा दिनका लागि प्रशस्त ठाउँ हुनेछ।
यस्तै पाहुनाका लाथि ठूलो भोजन हल निर्माण हुने छ। साथै आएका पाहुनाहरूलाई उपयुक्त हुने गरी एउटा उत्कृष्ट मेरिट्रेसन केन्द्र पनि निर्माण हुने रिम्पोचेले बताए।
साथै स्तुपा धित्र भिक्षुहरूका लागि छुट्टै प्रार्थना स्थल पनि बनाइने रिम्पोचेले बताए।
शान्ति परियोजना र यसको आध्यात्मिक र ऐतिहासिक महत्त्वको सन्देश फैलाउन यस्तो स्तुपाको आवश्यकता रहेको उनले औल्याए।
यसबाट नेपालको पर्यटन प्रवर्धन हुनुका साथै लुम्बिनी आउने हरेक पर्यटकले मनोरञ्जन लिन सक्नेछन्। यसमा एकैपटक धेरै मानिसहरू आउन र असल कर्म र योग्यतामा भाग लिन यो एउटा ठूलो मौका हुने रउनले बताए।
यसैबीच सरकारले भगवान बुद्धको जन्मस्थल र बुद्धसम्बद्ध वरिपरिका क्षेत्र समेटेर लुम्बिनीलाई मुलुककै 'पर्यटन हब' बनाउने प्रक्रिया अगाडि बढाएको छ।
विश्वभर छरिएर रहेका करिब १ अर्ब बौद्धमार्गी तथा अन्य पर्यटक लक्ष्य गर्दै लुम्बिनीलाई पर्यटन हब बनाउने प्रक्रिया अगाडि बढाएको हो।
ठूलो परिमाणका बौद्धमार्गीसँगै अन्य पर्यटकको एक अंशमात्र ल्याउन सक्यो भने मुलुकको अर्थतन्त्रमा कायापलट हुने निश्चित छ।
अहिले लुम्बिनी आउने अधिकांश पर्यटक बसबाट ओर्लने अनि लुम्बिनी घुमेर फर्कने गरेका छन्। तिनलाई त्यहीँ भुलाउन कुनै गतिविधि नभइरहेको अवस्थामा रिम्पोचेको यो महत्वकांक्षि योजनाले लुम्बिनी पुग्ने पर्यटकले आरामले केही दिन विताउन सक्नेछन्।
पर्यटकीय दृष्ट्रिकोणले नेपाल बिश्वमै सर्बाधिक महत्व राख्ने देशहरुमध्येमा पर्दछ। बिशेषगरी शान्तिप्रेमी पर्यटकहरू विश्वभर फैलिएर बसेका छन् उनीहरूलाई नेपालसम्म डोहोर्याउन यो एक पहलकारी कदम हुनेमा उनी ढुक्क छन्।