मोरङको केराबारीबाट आज दिउँसो प्रहरीले लोड भएको भरुवा बन्दुक सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यलय केराबारीबाट खटिएको प्रहरी टोलीले लोड भएको एक नाल भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको हो। केराबारी ३ का २९ बर्षिय यज्ञ बहादुर लिम्बु र केराबारी २ का ४० बर्षिय यज्ञ बहादुर बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गोप्य सुराकीको आधारमा गएको प्रहरी टोलीले खानतलासी गर्दा सो हतियार सहित दुई जना पक्राउ परेका हुन्। पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय केराबारीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: 2015-03-21 16:01:49