बसन्तपुरमा ट्युसन पढिरहेकी किशोरी संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण गर्ने जीवन विकलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। प्रहरीले यसरी पक्राउ गर्यो आक्रमणकारी हेर्नुहोस्।
घाईते मध्य संगीता मगरको परिवार तथा पीडक जीवन मगरको परिवार करिव २०६९ साल जेठदेखि झोछेंको एउटै घरमा डेरामा बस्ने गरेका,जीवनले संगितालाई ट्युसन पढाईदिने गरेको सो क्रममा दुई जना एक आपसमा रुपमा नजिक हुन पुगेका,
- करिब १ वर्ष पछि दुबै बिचमा मनमुटाब भई सम्बन्ध विग्रेको।
- २०७० सालको मंसिर महिनामा संगिताको भाई सन्तोषले गाँजा खाई घरमा आएकोले जीवनले गाँजाको गन्ध आयो, कसले खायो भनि गाली गर्दा सन्तोषले घाँटीमा समाएको र सो क्रममा संगिता मगरको सम्पूर्ण परिवारबाट पिडक जिवन विकको परिवारलाई दुव्र्यवहार गरेको तथा संगिता मगरले उसको बुबालाई हातपात गरेकी कारणले सोही दिनदेखि बदलाको भावना लिएको।
- सो दिन पश्चातः संगिताको आमा र संगिता स्वयंले जीवन विकलाई दुर्व्यबहार गर्ने गरेको भन्ने जीवन विकको बुझाई रहेकोले संगीता मगरको सौन्दर्यलाई कुरुप तुल्याउने कुत्सित उद्देश्य रहेको।
- भारतीय सेनामा भर्ना हुनको लागि सिक्किम जान्छु भनि घरबाट विदावारी भई गएकोमा छनोट नभएपछि जेठ महिनामा सिक्किमबाट फर्की परिवारका कुनै पनि सदस्यलाई जानकारी नगराई टोखामा डेरा लिई बसेको।
- घटना घटाउने उद्देश्यले जेष्ठ महिनामा पुरानो बसपार्कस्थित एउटा गेष्ट हाउसमा बसी संगिता मगर र सन्तोष मगरलाई आक्रमण गर्ने उद्देश्यले एसिड संकलन गरेको ।
- २०७१ साल असोज महिनामा संकलन गरी राखेको एसिड प्लाष्टिकको बोतलमा सार्ने क्रममा पग्लेर नष्ट भएको । दोस्रो पटक पुनः सोही पसल बाट एसिडको संकलन गरी डेरा कोठामा लगि राखेको। एसिडको खरिद न्यूरोडको ब्याट्रि पसलबाट गरी हर्लिक्सको शिशि टोखास्थित चिया पसल बाट प्राप्त गरेको ।
- विभिन्न समयमा संगीता मगर र निजका परिवारलाई एसिड प्रहार गर्ने प्रयास गरेता पनि असफल भएको ।
- सोही समयदेखि हालसम्म निज जिवन विकले संगिता मगर तथा उनको भाई सन्तोष मगरलाई शारीरिक क्षती पुर्याउने उद्धेश्यले बारम्बार टोखाबाट नियमित रुपमा बिहान बिहान संगीता बस्ने घर तथा वरीपरीको एरियामा आउने गरेको।
- २०७१ फागुन १० गते बिहान ०५:०० बजे झोलामा एसिड बोकी टोखाबाट माईक्रो बस चढी जमल, ईन्द्रचोक तथा बसन्तपुर हुदै संगीता मगरलाई खोज्दै निज बस्ने घर तर्फ गएको। घर बाहिर कसैलाई नदेखे पश्चातः पुनः बसन्तपुर डबली तर्फ फर्केको ।
- संगिता मगर ट्युशन पढ्न जाने कुरा जानकारी भएतापनि कुन ट्युशन सेन्टरमा पढ्ने निश्चित नभएको कारण संगीता मगरलाई खोज्न पुनः घर तर्फ जाने क्रममा ट्युशन सेन्टरमा बत्तिको उज्यालो देखि को छ भनि हेर्न खोज्दा संगिता मगर र हेमु मुखर्जिलाई देखि एसिड प्रहार गर्ने कोसिस गर्दा कक्षा कोठामा बाहिरबाट सीमा बस्नेत प्रवेश गरेको देखि केहि समय बाहिर रोकिएको।
- एक छिन पछि ढोका खोली संगिता मगर बसिरहेको अवस्थामा मुखमा पर्ने गरी हर्लिक्सको बोतलमा रहेको अन्दाजी ५०० मिलि एसिड प्रहार गरी बाहिर एसिड राखेको हर्लेक्सको बोतल फाली ठमेलसम्म पैदलै गई बस चढेर टोखा तर्फ गएको।
- घटना घटाएपछि फागुन २० गते भारतको सिक्किमको रानीपुलमा गई करिव ८ दिन बसी २९ गते नेपाल फर्कीएको।
- निज अभियुक्त जिवन वि.क.लाई प्रहरीको टोलीले मिति २०७१।१२।०५ गते अं.२३:१५ बजेको समयमा का.जि.टोखा न.पा.वडा नं. ६ स्थित निज बस्दै आईरहेको डेरा कोठा बाट पक्राउ गरेको ।
घटनाका कारणहरु:
- बदलाको भावना,
- महत्वाकांक्षी भावना
- उच्च संवेदनशिल
यो पनि हेर्नुहोस्