त्रिभुवन विमानस्थलको अन्तराष्ट्रिय उडान शनिबार बिहान १० बजेसम्मका लागि स्थगीत गरिएको छ। विमानस्थल कार्यालयले सूचना जारी गरी टर्किस एयरको विमान हटाउन समय लाग्ने भएकाले उडान भोलि बिहानसम्मको लागि स्थगीत गरिएको जनाएको छ।
यसैबीच विमान हटाउने विषयमा भइरहेको प्रगति बुझ्न गृहमन्त्री वामदेव गौतम शुक्रबार बिहान विमानस्थलमा पुगेका थिए।
तीनदिन वितिसक्दा पनि दुर्घटनाग्रस्त टर्किस एयरको जहाज धावन मार्गबाट हटाउन नसक्दा उडान अनिश्चित भएको हो।
यसअघि बिहीबार भारतीय वायु सेनाको जहाजले उपकरण ल्याएर आज बिहान १० बजेबाट नियमित गर्ने भनिएको उडान जहाजलाई हटाउन नसक्दा आज तेस्रो दिन पनि विमानस्थल बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको छ।
यो पनि हेर्नुहोस्-
भारतबाट आएको प्राविधिक टोलीले विहीबार रातभरि विमान हटाउने प्रयास गरेपनि असफल भएपछि विमानस्थल बन्द गर्नुपरेको हो। यद्यपी विमानस्थलका कायमुकायम महाप्रबन्धक वीरेन्द्रप्रसाद श्रेष्ठले जहाजको पछाडिको चक्का फेरिसकेको भन्दै अगाडिको भागलाई ट्रेलरमा राखेर गुडाई धावनमार्गबाट हटाउने र साँझसम्ममा उडान नियमित हुनसक्ने बताए।