नयाँ दिल्लीमा सन् २०१२ मा भएको सामुहिक बलात्कारको विषयलाई लिएर बनाएको एउटा वृत्तचित्रले हंगामा मच्चाएको छ।
दिल्लीमा गुडिरहेको बसमा भित्र भएको सामुहिक बलात्कारको घटनालाई मुख्य विषय बनाएर बीबीसी र भारतको एन.डी.टीभीले संयुक्त रुपमा निर्मणा गरेका थिए।
‘डटर अफ इन्डिया’ अर्थात भारतकी छोरी शीर्षकमा बनाईएको उक्त वृत्तचित्रमा बलात्कारी मध्येका एक दोषी मुकेश सिंहको अन्तर्वाता पनि राखिएको छ।
अदालतबाट मृत्युदण्डको सजाँय पाएका मुकेशले अन्तर्वार्तामा घटनाप्रति कुनै पश्चाताप नभएको बताएका छन्। उनले पिडित युवतीमाथि नै घटनाको दोष थोपरेका छन्।
बलात्कारीले दिएको यस्तो अभिव्यक्तिले पुनः भारतभर दंगा फैलाउने भन्दै भारतको एक अदालतले यो वृत्तचित्र प्रशारणमा रोक लगाईसकेको छ।
यो वृत्तचित्रले सामाजिक दंगा फैलीनसक्ने भन्दै भारतीय गृहमन्त्री राजनाथ सिंहले पनि वृत्त चित्र रोक्नुपर्ने बताएका छन्।
यसैबीच भारतीय संसदलाई सम्बोधन गर्दै गृहमन्त्री सिंहले जेलमा रहेको बलात्कारीको अन्तर्वाता कसरी सम्भव भयो भन्ने विषयमा गहन छानविन गर्ने बताएका छन्।
उता वृत्तचित्रका निर्माता लेस्ले उडिनले भने वृत्तचित्र बनाउनु भारतीय संविधानले दिएको अभिव्यक्ति स्वतन्त्राको उपयोग हो भन्दै बलात्कारी युवकको अन्तर्वाता लिन गृह मन्त्रालय र जेल प्रशशनसँग अनुमति लिएको दावी गरेकी छिन्।
विबिसीले यही मार्च ८ तारीखको दिन अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर उक्त वृत्तचित्र प्रशारण गर्ने जनाएको थियो।
दिल्ली गुडीरहेको बसमा एक २३ वर्षीय युवतीमाथि सामुहिकि बलातकार हुँदा सन् २०१२ मा उनको मृत्यु भएको थियो ।
घटनाका ५ अभियुक्त मध्ये चारलाई मृत्युदण्ड र एक नाबालकलाई सुधार गृह पठाईएको छ।