अविरल वर्षासँगै आएको पहिरो र हिमपातले हुम्लाको याङ्चुमा पहिरो जाँदा कर्णाली नदी थुनिएको छ। हुम्ला सदरमुकाम सिमिकोटसँगै जोडिएको याङ्चु-९ मा मंगलबार बिहान पहिरो जाँदा कर्णाली नदी थुनिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
यसैबीच कर्णाली नदी थुनिएपछि जिल्ला प्रशासन कार्यालय कालिकोटले नदी किनार आसपास रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान सूचीत गरिसकेको छ।
अग्लो ठाउँमा पहिरो गएर कर्णाली थुनिएपछि कालिकोट लगायत तलका जिल्लाका बासिन्दा जोखिममा परेका हुन्।