नेपालीको गौरब ढाका टोपीको पहिचान बढाउन झापा दुई स्थानमा आईतवार ढाका टोपी दिवस मनाईएको छ।
हरेक वर्ष मार्च १ तारिकलाई नेपाली टोपी दिवस मनाउन थालिएकोले दोस्रो पटक यो वर्ष पनि झापाका टोपी दिवस मनाईएको हो। अघिल्लो वर्ष द आर्ट अफ लिभिङ्गका संस्थापक रविशंकरको अगुवाईमा नेपालीपन रक्षा र राष्ट्रिय भावना जागरणका लागि टोपी दिवस मनाउन सुरू गरिएको थियो। यस वर्षपनि झापाको बिर्तामोडमा द आर्ट अफ लिभिङ, झापा उद्योग वाणिज्य संघ शाखा बिर्तामोड र मित्रनगर टोल सुधार तथा व्यवस्थापन समितिले संयुक्त रुपमा नेपाली टोपी दिवस मनाएको जनाएको छ भने चन्द्रगढिमा पनि नेपाली टोपि दिवस र्याली निकालेर मनाईएको छ।
जिल्लाका विभिन्न संघ–संस्थाको सहभागिता भएको बिर्तामोडको र्यालिमा पुरुषले नेपाली टोपी लगाएर तथा महिलाले चौवन्दी फरियासहित गुन्यू चोली लगाएका थिए। बिभीन्न संघ संस्थाका व्यानरसहित निकालिएको र्यालीले नगर परिक्रमा गरेको थियो । दिवस मनाउन राजनीतिक दलका प्रतिनिध र सभासद लगायत सयौ सर्वसाधरणको उल्लेख्य सहभागिता थियो।
आयोजक झापा उध्योग बाणीज्य संघ बिर्तामोड का अध्यक्ष बलराम कार्कीले नेपालीको गौरब र पहिचान विश्वभर स्थापित गर्न र मौलिक संस्कृति तथा भेषभुषा जोगाउन टोपी दिवस मनाउनु पर्ने बताए। उनले यस दिनलाई सरकारले पनि टोपी दिवसका रुपमा घोषणा गर्नुपर्ने बताएका छन।