प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले विपी कोइराला ऐतिहासिक फोटो प्रदर्शनी यात्राको शुभारम्भ गरेका छन्।
यात्राको तयारी गरिरहेको संस्था अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहलाई वीपीको फोटो हस्ताक्षण गर्दै यात्राको शुभारम्भ गरेका हुन्। उक्त फोटोमा उनले हस्ताक्षर समेत गरेका छन्।
वीपीका दुलर्भ ऐतिहासिक फोटोहरुको पर्दशनी यात्राको पहिलो श्रृंखला सुदूर पश्चिमको महाकाली पारीको भुभाग दोधारा चाँदनीमा हुनेछ।
‘यो महत्वपूर्ण ऐतिहासिक फोटो प्रर्दशनी सबै जिल्ला सदरमुकाम समेटिने गरी मुलुकका १ सय १ स्थानमा गरिनेछ’, शाहले भने।
यसैबीच प्रधानमन्त्री कोइरालाले विपीको तस्वीर र हस्ताक्षर अंकित टिसर्ट पनि सार्वजनिक गरेका थिए। कोइरालाले हस्ताक्षर गरेको उक्त टिसर्ट अन्तरालले प्रदर्शनीमा राख्ने भएको छ। कोइरालाले यात्राको सफलताको शुभकामना दिँदै भने, ‘यस अभियानमा सबैले सहयोग गर्नुपर्छ।’
सांस्कृतिक संग्रहालय नेपालले विपीका १ हजारभन्दा बढि फोटो संकलन गरेको संग्राहालयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले जानकारी दिए।