अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले विहीबार आफ्नी छोरीको बिहे अख्तियारको सरकारी भवनभित्रै गरेका छन्। उनले छोरीको बिहेको कार्यक्रम आयोजना गर्दा सरकारी सेवासमेत केहीबेर अवरुद्ध भएको थियो।
कार्यालय परिसर भित्रै रहेको लोकमानको सरकारी निवासबाट भएको विवाह समारोहले सर्वसाधारण नागरिकसहित अख्तियारकै कर्मचारीहरू अख्तियारभित्र प्रवेश गर्न पाएका थिएनन्।
अख्तियार भवनभित्र पत्रकारलाई समेत प्रवेशमा रोक लगाएको थियो भने अख्तियारको मूलद्वारनै जन्तीका लागि छुट्याइएकाले कर्मचारीलाई अर्कै बाटो प्रयोग गर्न लगाइएको थियो। यसपछि सामाजिक सञ्जालहरूमा लोकमान सिंह कार्कीको छोरीको बिहेबारे केही ट्विटर र फेसबुक प्रयोगकर्ताहरूले यस्तो प्रतिक्रिया दिएका छन्।
लोकमानकी छोरी डा. अध्या कार्कीको बिहे बिहीवारको लगनमा पूर्वराजपरिवारसँग निकट व्यापारी रोहिणी थपलियाका छोरा शुभाषिस थपलियासँग भएको हो।