दोस्रो विश्वयुद्ध ताका बेलायतका प्रधानमन्त्री रहेका विस्टन चर्चिलले एकपटक संसदमा भनेका थिए, मसँग दिनलाई रगत, आँशु र श्रमबाहेक केही छैन। तिनै चर्चिलको मृत्यु भएको ५० वर्षपछि उनको रगतको लिलामी हुने भएको छ।
सन् १९६२ मा अस्पताल भर्ना हुँदा निकालिएको चर्चिलको रगतको आगामी मार्च १२ मा लिलामी हुन लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
चर्चिल अस्पतालमा रहेको बेला एकजना नर्सले निकालेको उनको रगतलाई अस्पतालले प्रयोग गरको थिएन। रगत निकाल्ने नर्सको पनि निधन भइसकेको छ। प्याट्रिका फिज्गिबोन नामकी ती नर्सले चर्चिलको रगत भएको बट्टा आफ्नी साथीलाई दिएको लिलाम गर्न लागेको कम्पनीले जनाएको छ।