तीन दिनअघि छोराको कुटाईबाट गम्भीर घाइते भएकी झापा डाँगीबारी ८ की फुलमाया राईको आईतबार बिहान मृत्यु भएको छ।
झापाको बिर्तामोडस्थित कन्चनजंगा अस्पतालबाट थप उपचारका लागि धरानको घोपासम्म पुर्याईएकी राईको आईतवार बिहान आफ्नै निवासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ। प्रहरीका अनुसार उपचार असम्भव भएपछि उनलाई घर फर्काईएको थियो।
गएको सुक्रबार मरणासन्न हुनेगरी पिटेका उनका ३३ वर्षीय छोरा बुद्धिमान राई प्रहरीको नियन्त्रणमा छन्। उनले आमालाई मदिरा सेवन गरेर लठ्ठ भएको अवस्थामा अन्धा धुन्द कुटपिट गरेको ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब निरीक्षक उपेन्द्र पराजुलीले बताए।
प्रहरीका अनुसार आमा छोरा दुवैले मदिरा सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। तर उनीहरुको बिवादीत बिषय भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यलय झापाको संचार शाखाले जनाएको छ।
यता ईलाका प्रहरीकार्यालय बिर्तामोडका प्रहरी निरीक्षक नारायणप्रसाद गौतमले घटनाका बारेमा थप अनुसन्धान भईरहेको बताएका छन्।