राष्ट्रिय अनुसन्धान विभागको कार्यालय हेटौडामा कार्यरत अनुसन्धान सहायक मिठाराम भट्टराई एक लाख घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई आइतबार घुससहित पक्राउ गरेको हो। उनलाई अनुसन्धानका लागि अहिले अख्तियारको हिरासतमा राखिएको छ ।
अनुसन्धान सहायक पदमा नाम निकाली दिने भनि सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी एवं सूचनाको आधारमा आयोगको छापा मारेको थियो।