सूचना प्रविधिको क्षेत्रमा भएका नयाँ प्रविधिको प्रदर्शनी तथा यो क्षेत्रको विकास विस्तार गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले बर्सेनि आयोजना गर्दै आएको ‘क्यान इन्फोटेक तथा सूचना प्रविधि सम्मेलन’ आजदेखि सुरु भएको छ।
भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको क्यान इन्फोटेकको २१ औँ संस्करणको ‘सुविसु क्यान इन्फोटेक २०१५ इन एसोसिएसन विथ डेल/इन्टेल बाई नियोटेरिक नेपाल’ नाम रहेको सम्मेलन यही माघ १९ गतेसम्म सञ्चालन हुनेछ।
सम्मेलनमा मुख्य प्रदर्शनी हलभित्र ४९ र हल बाहिर तीनवटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहेका छन् भने ट्रसमा १४४, ओप स्पेस १४ र फुट कक्ष नौ गरी जम्मा २१९ वटा व्यवसायिक स्टल राखिएका छन्।










