लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। आइतबार धरान ९ आचार्यलाइनबाट टिडीजेसिक एकसय सेटसहित दुई युवक पक्राउ परेका हुन्।
मोरङ विराटनगर–६ का १८ वर्षीय राजिव चौधरी र उदयपुर गाइघाट–६ का १७ वर्षीय अजात चौधरी समातिएका हुन्। उनीहरुको सोमबारै म्याद थप गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी संजयसिंह थापाले बताए।
उनका अनुसार क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरको बिशेÈ अनुसन्धान समूह र अञ्चल प्रहरी कार्यालय कोशीको संयुक्त टोलीले समातेको हो।