बन्द आयोजक र बन्द खुलाउनका लागि प्रदर्शनमा उत्रिएका स्थानीयवासीबीच झडप हुँदा एमाओवादी नेतृत्वको आन्दोलनका संयोजक कृष्ण पराजुली गम्भीर घाइते भएका छन् ।
एमाओवादीका जिल्ला अध्यक्ष पराजुलीको स्थानीय मेडिकल हलमा उपचार भइरहेको छ । नेकपा एमाले निकट युवा सङ्घको नेतृत्वमा निस्किएको बजारवासीको प्रतिकार जुलुस र आन्दोलनकारीबीच शिवालय चोकमा आधा घन्टा झडप भएको थियो । झडपपछिसदरमुकाम कुस्मा बजार तनावग्रस्त भएको थियो ।
बन्दको विरोधमा उत्रिएका युवाको मोटरसाइकल र्याली शिवालयचोकमा पुगेपछि झडप भएको थियो । बन्द आयोजक र विरोधमा उत्रिएकामध्ये अन्य करिब ६ जना सामान्य घाइते भएको बताइएको छ । बन्द आयोजक र विरोधमा उत्रिएका युवाले ढुङ्गा हानाहानसमेत गरेका थिए ।