टिच फर नेपालको 'कक्षामा एक दिन' प्रारम्भ गर्दै अमेरिकि राजदूत पिटर बोडेले एक समुदायिक बिद्यालयमा गएर कक्षा ८ का विद्यार्थीहरुलाई पढ्न तथा जीवनमा अघी बढ्न उत्प्रेरणा दिएका छन्। ललितपुर स्थित ज्योतिदय सहकारी बिद्यालयको कक्षामा पढाई राजदूत बोडेले विद्यार्थीहरुलाई जीवनका लागि प्रेरणादायक कुराहरु सिकाएका थिए।
विद्यार्थीहरुको प्रेरणा जगाउन र जीवनको आकांक्षा बढाउनका टिच फर नेपालले 'एक दिन कक्षामा' नामक कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रमको उद्धाटन राजदूत बोडेले गरेका हुन्।
राजदूत बोडेले एक मलावि नामक देशको एक युवा विलियम कामक्वाबा (डेविड) को अत्यन्तै रोचक तथा प्रेरणादायक कथा सुनाएर विद्यार्थीहरुलाई जीवनमा आत्मबिश्वास बढाउन, सधैंभरी कोशीस गरिरहन र अरुलाई आदर गर्न आग्रह गरेका थिए।
विद्यार्थीहरुको प्रश्नको जवाफ दिदै बोडेले आफ्नो संघर्षको कथा र आफू कसरी निरन्तर लागिपर्नाले आफ्नो राजदूत बन्ने सपना पूरा भएको कथा पनि सुनाएका थिए।
साथै राजदूत बोडेले विद्यार्थीहरुको धेरै जिज्ञासाहरु, नेपाल अमेरिका बिचको सम्बन्ध, कला, संस्कृतीबारे पनि छलफल गरेका थिए।
'आफूमा विश्वाश गर, सधैं मेहनत गर र सबैको आदर गर', राजदूत बोडेले पटक पटक विद्यार्थीहरुलाई भने।
टिच फर नेपालको प्रमुख कार्यकारी अधिकृत शिशिर खनालका अनुसार सरकारी बिद्यालयमा पढ्ने अधिकांश विद्यार्थीहरु माझ जीवन जिउने उत्प्रेरणा अत्यन्तै न्युन पाइएकाले उत्प्रेरणा जगाउन यो कार्यक्रम आयोजना गरिएको हो।
“हाम्रो फेलोहरुको कक्षामा पढ्ने विद्यार्थीहरु न्यून आयको कार्यक्षेत्रमा मात्र काम गर्ने योजना बुन्छन वा धेरै आय आर्जन गर्न विदेशीने योजन बनाउछन”, खनालले भने।
कार्यक्रमको उद्धेश्य बताउँदै खनालले भने, “हाम्रो लक्ष्य भनेको हरेक विद्यार्थीहरुको इच्क्षा, आकांक्षाको दायारा ठूलो पार्नु हो।”
२०१३ को टिच फर नेपाल फेलो, भावना श्रेष्ठले भनिन, विद्यार्थीहरुलाई आफू सक्षम छु भन्ने भावना र जीवनमा केही गर्न सक्छु भन्ने साहास जगाउनलाई मलाई एक वर्षभन्दा बढी लाग्यो।
राजदूत बोडे हाम्रो बिद्यालय आएर आफ्नो अनुभव बाढ्नाले विद्यार्थीहरु लाई निकै प्रोत्साहन मिल्ने, श्रेष्ठले बाताइन्। ज्योतिदय सहकारी बिद्यालयका प्राध्यापक, रामेस्वर देसारले भने, 'राजदूत जस्तो व्यक्ति हाम्रो विद्यार्थीको कक्षामा आएर विद्यार्थीहरु सँग अन्तकृया गरेको कुरा विद्यार्थीहरुलाई जीवनभरी याद हुने र उनीहरुलाई अगाडि बढन मदत पुग्ने बताए।
राजदूत बोडेको कथा सुनेपछी मेरो अत्मबिश्वास बढेको छ र मलाई जो सँग पनि बोल्न सक्छु जस्तो लागेको छ, एक विद्यार्थी अभिशेक देसारले कक्षा पछी भने।
डेविडको कथा एकदम रोचक र प्रेरणादायी लाग्यो र आफ्नो जीवनमा मेहेनत कती जरुरी छ भन्ने थाहा पाए, देशारले थपे।
मैले आफूमा विश्वाश गर्न सिके र जसले हतोत्साहित गर्छ उनीहरुको कुरा सुन्नुहुन्न भन्ने कुरा पनि सिके, अर्का विद्यार्थी कन्चन खड्काले भनिन्।
एक महिना लामो एक दिन कक्षामा कार्यक्रमले क्षेत्रका बिभिन्न कार्यमा सङ्लंग्न व्यक्तीत्वहरुलाई टिच फर नेपालका फेलोले पढाउने कक्षाहरुमा लैजाने योजना गरेको छ। टिच फर नेपालले सरकारी र बोर्डिङ बिद्यालयमा रहेको असमानता हटाउने प्रतिवद्धता अनुरुप हालसम्म ४९ टिच फर नेपाल फेलो ललितपुर र सिन्धुपाल्चोक स्थित २५ विद्यालयमा पढाउछन्।