जाजरकोटको खगेनकोटमा एक युवक हराएको सात दिनपछि सोमबार बेलुका मृत अवस्थामा फेला परेका छन् ।
खगेनकोट–७ का २० वर्षीय मकलुल शाही मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पुस १६ गते राति घरबाट नौला थाना गएका शाही उसै दिनदेखि हराएको परिवारले जानकारी दिएको छ । हराएको तेस्रो दिन अस्थायी प्रहरी चौकी मैदेमा शाहीलाई खोजी गरिदिन उनकी आमाले निवेदन दिएकी थिइन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस