नेपालगन्ज–कोहलपुर सडक खण्डलाई बिस्तार गरी फोरलेनको सडक निर्माण गर्ने कार्य तिब्र गतिमा सुरु भएको छ।
दुई लेनको सडकलाई बिस्तार गरी फोरलेन बनाउने क्रममा सडकको दायाँ बाँया रहेका रुख काट्ने ,माटो पटान गर्ने, पर्खाल निर्माण गर्ने जस्ता कार्य भैरहेको छ।
सडकको किनारमा लगाईका करिब १ हजार ५ वटा रुख काटने काम भइरहेको छ। त्यस क्रममा नेपालगन्ज नगरपालिकाले निक्कै मेहनत गरेर हुर्काएका अशोक, र गोल मोहर जातका रुख पनि काटिएका छन।
सडक निर्माणका लागि हाल संचालनमा रहेको सडकलाई बिस्तार सडकको बिच भागमा ३ मिटरको ग्रिन बेल्ट र ग्रिन बेल्टको दुबै तर्फ एक साथ २ बटा सबारी साधन गुड्न मिल्ने सडक र फुटपाथ समेत निर्माण गरिने सडक निर्माण परियोजनाले जनाएको छ।
एसियाली विकास बैकको सहयोगमा नेपालगन्जको जमुनाहादेखि कोहलपुरसम्मको करिब २२ किलोमिटर सडकलाई बिस्तार गरी चार लेनको सडक बनाउन लागिएको हो।
सडक निर्माणको ठेक्का पाएका कालिका कन्स्ट्रक्सन प्रा.लि. र एमआर– इन्डिया पप्पु जेभीले निर्माण कम्पनीले सडक निर्माण कार्य शुरु गरेका छन।
एसियाली बिकास बैकको सहयोगमा करिब ९५ करोडको लागतमा सडक निर्माण शुरू भएको हो।
२०७२ साल जेठसम्ममा सडकको निर्माण पुरा गर्ने लक्ष्यका साथ काम भैरहेको छ एसियाली विकास बैकका परामर्शदता इन्जिनियर गिरीश चन्दले जानकारी दिए।
चार लेनको सडक निर्माणपछि सवारीसाधनको ट्राफिक चाप कम हुने र सडक दुर्घटनामा कमी आउनु साथै नेपालगन्ज नाका हुदै भारतसँग हुने निकासी र पैठारी समेत सहज हुने छ।
चार लेनको सडक निर्माणका लागि सडकका किनारामा लगाइएका रुखहरु हटाईदै। तस्विर: कृष्ण अधिकारी
यस्तै राजधानीमा सडक विस्तारका लागि सडक किनारमा रहेका रुख बचाउन युवाले गरेको प्रयास पनि हेर्नुहोस् ।