पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली नजिक मादी नदिमा हिजो भएको वस दुर्घटनामा मृत्यु हुने ११ जनामध्ये अहलेसम्म ९ जनाको सनाखत भएको छ । त्यस्तै घाइते हुनेको पनि नामावली प्राप्त भएको छ । करिब ४० यात्रु सवार बसमा अन्यको अवस्था हालसम्म पनि अज्ञात रहेको प्रहरीले जनाएको छ ।
मृतक मध्ये सनाखत हुनेमा
दुर्घटनामा परि गम्भीर घाइते भएका १० जना मध्ये ८ जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा र अन्य २ घाईतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरुमा
- विष्णु थापा– व्यास ११
- पदम वि.क–नवलपरासी
- बसन्त थापा– बस चालक तनहुँ आँबु–५
- सुमन श्रेष्ठ– थर्पु ४
- पवित्रा सापकोटा– भानु ५
- सुरेश श्रेष्ठ–स्याङ्जा सेखाम ६
- केश बहादुर थापा– थर्पु
- गंगाराम श्रेष्ठ–खोटाङ
- रञ्जना श्रेष्ठ–खोटाङ
- स्मृति ढकाल–चितवन
पोखराबाट मुग्लिनतर्फ जादै गरेको ना ४ ख ४६८४ नम्बरको बस शनिबार साँझ साढे पाँच बजे मादी खोलाको पुलमा बालकलाई बचाउने हुँदा अनियन्त्रीत भइ पुलको दायाँतर्फको रेलिङ भत्काएर मादी नदीमा खस्दा ६ पुरुष, ४ महिला र १ वालकको घटना स्थलमै मृत्यु भएको हो । मृतकको शव पोष्टमाटमका लागी दमौली अस्पतालमा राखिएको छ ।
नदीमा पानीको बहाव बढी रहेको र रात परेकोले उद्धारमा समस्या भएको तनहुँ प्रहरीले जनाएको छ ।
बसमा करिब ४० जना यात्रु रहेको प्रहरी अनुमान गरेको छ । अरु यात्रुको अवस्था अहिलेसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ ।
घटना लगतै दुर्घटना स्थल आडैको केबलजंग गुल्मका सेना, नेपाल प्रहरी, मनकामना सशस्त्र प्रहरीका प्रहरी र स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए। बसको तिन भाग मध्ये दुई भाग नदीमा डुबेका कारण उद्धारकर्मीलाई उद्धार कार्यमा कठिनाई भएको थियो। पुलको पिलर कमजोर भएकाले पश्चिमाञ्चल सडक डिभिजन कार्यालय नं. १ दमौलीले नदीलाई डाइर्भसन गरेकै भागमा बस खसेको थियो।
घटनास्थलबाट डा.आदर्श प्रधानले खिचेका केहि तस्विरहरु फोटोफिचरमा
भिडियोमा हेर्नुहोस् घटनापछिको उद्दार यसरी गरियो (भिडीयो सौजन्य इमेज च्यानल)