मोबाइल फोनबाट कुरा गर्ने क्रममा चारतले घरको छतबाट लडेर एक युवक गम्भीर घाइते भएका छन्।
पथरी शनिश्चरे–१ स्थित मामाघर आएका भारतको बखरी बस्ने २४ वर्षीय सुशील प्रधान बिहीबार राति ८ः३० बजे गम्भीर घाइते भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ। रासस