मुङ्लिङबाट पोखरा जाँदै गरेको ना ४ ख ४६८४ बस अहिले केहि बेर अगाडि दमौलीको चापाघाटमा नजिक मादी खोलाको पुलबाट तल खोलामा खस्दा ११ जनाको मृत्यु भएको छ । बाटोमा बच्चालाई बचाउन खोज्दा बस अनियन्त्रित भएर खोलामा खस्दा दुर्घटना भएको घटनास्थलमा रहेका आदर्श प्रधानले सेतोपाटीलाई बताए ।
उनका अनुसार मर्नेको संख्या यकिन नभएपनि ११ जनाको शव बाहिर निकालिएको छ यस्तै एघार जनालाई जिवितै उद्दार गरि अस्पताल लगिएको छ । कयौलाई खोलाले बगाएको हुनसक्ने उनको अनुमान छ ।
बसको अधिकांश भाग नदीमा डुबेको छ । नदीको बिच भागमा बस खसेकोले उद्धार गर्न कठिनाई भएको प्रहरीले जनाएको छ । बसमा ६० भन्दा बढी यात्रु सवार थिए । प्रहरी,सेना,स्थानिय बासिन्दाले उद्दार गरिरहेका छन् । मर्नेकोहरुमा ८ जना पुरुष, २ जना महिला र एक जना बच्चाको मृत्यु भएको भएपनि सनाखत हुन सकेको छैन । विस्तृत विवरण आउन बाँकी ।