काम विशेषले बाहिर रहेकाहरुले जन्मथलोलाई सम्भि्कने अनेक तरिका छन्। कसैले शिक्षा, स्वास्थ्यमा सघाएर सम्भि्कन्छन् भने कसैले विकास निर्माणका काम गरेर सम्भि्करहेका हुन्छन।
तर डोटीको मुडेगाउँमा जन्मिएका अमरबहादुर शाहीले भने जन्मथलो सुदूरपश्चिमलाई वृक्षारोपणका माध्यमबाट सम्भि्करहेका छन्। उनले चार वर्ष अघि हरित सुदूरपश्चिम अभियान थालेर जन्मथलोलाई सम्भि्करहेका छन्। पर्यटन व्यवशायी शाही रैका टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक हुन्।
'बढ्दो वन विनाश र बिग्रदो वातावरणले वृक्षारोपणको अभियान सुरु गरे' उनले भने–'यो सांकेतिक अभियान मात्रै हो। वन र वातावरणको संरक्षण गर्ने जिम्मेवारी हामी सबैको हो।'
हरित सुदूरपश्चिम अभियान अर्न्तगत शाहीको एक्लो प्रयासमा हालसम्म कैलाली, कञ्चनपुर र डोटीमा ७० हजार बिरुवा रोपिएका छन्। यो वर्ष थप ३० हजार बिरुवा रोपेर अभियान अर्न्तगत १ लाख बिरुवा रोप्ने योजना रहेको शाहीले सुनाए।
'यो वर्ष एक लाख बिरुवा रोप्ने अभियानको लक्ष्य पूरा गछौं' उनले भने–'तर अभियान यत्तिकैमा रोकिदैन।'
चौथो वर्षको वृक्षारोपण कार्यक्रम आज कैलालीको मालाखेती गाविसस्थित दुर्गालक्ष्मी महिला सामुदायिक वन क्षेत्रमा सुरु भएको छ। शाहीले आफ्नै लगानीमा वृक्षारोपण मात्रै गर्दैनन् त्यसको संरक्षणका लागि सामुदायिक वनलाई आर्थिक सहयोग समेत गर्ने गर्छन्। उनले दर्जन बढि सामुदायिक वनमा वृक्षारोपण गर्नुका साथै चौकीदारको समेत व्यवस्था गरिदिएका छन्।
हरित सुदूरपश्चिम अभियान अर्न्तगत आगामी दिनमा सर्वसाधारणलाई आयआम्दानी हुने खालका बिरुवा रोप्ने योजना रहेको शाहीले सुनाए।
'अभियानको अबको लक्ष्य घाँस खेती र फलफूलका बिरुवा रोप्ने छ' उनले भने–'यसले समुदायका मानिसलाई आयआर्जनमा सहयोग पुर्याउन सक्छ।'
आगामी वर्षमा हरित सुदूरपश्चिम अभियानलाई नौ वटै जिल्लामा पुर्याउने लक्ष्य राखिएको छ। हरित सुदूरपश्चिम अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, वन संरक्षणकर्मी लगायतको सहभागिता रहेको छ।