मंसिर महिनाको पुलिस अफ दि मन्थ पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगर अन्तर्गत क्षेत्रीय अनुसन्धान समूहका प्रनानी पुरस्कृत भएका छन्। मंसिरमा उत्कृष्ट छानिएका प्रनानी हेमराज ओलीलाई पुलिस अफ दि मन्थले पुरस्कृत गरिएको हो।
ईलाका प्रहरी कार्यालय बुधनगर मोरङ दरबन्दी भई क्षेत्रीय अनुसन्धान समुहमा कार्यरत प्रनानी ओलीले गत असोज २९ गते झापाको दमक नगरपालिका १३ स्थित अनलाईन कम्प्युटर सप्लायर्स र कातिर्क २२ गते झापाकै बिर्तामोड ७ मा रहेको ट्रेडलिङक कम्प्युटर सप्लायर्सबाट ६६ थान ल्यापटप बरामद गरेका थिए।
त्यस्तै ३ थान क्यामरालगायतका समान चोरी भएको घटनामा संलग्न ५ जनालाई सामान सहित पोखरालगायतका बिभिन्न स्थानहरुबाट पक्राउ गर्न सफल भएका थिए। साथै, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र ईलाका प्रहरी कार्यालय पथरी नजिकै प्रेशर कुकर बम बिष्फोटन गराउने १० जनाको समुहलाई बम बनाउने सामाग्रीसहित पक्राउ गरेका थिए।
गत कातिर्क २९ गते सप्तरीको पन्सेरा ७ अमाहास्थित पूर्वपश्चिम राजमार्गबाट अपहरित सिरहा लहान ३ का ३५ वर्षीय गुरु दयाल महतोलाई पुष २ गते सकुशल उद्दार गरी ज्यान मार्ने धम्कीसहित एक करोड फिरौती रकम माग गर्ने
अपहरणकारी नाईकेलाई नियन्त्रण गर्न महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै छनौटमा पर्दै पुरस्कृत भएका हुन्।
पूर्व क्षेत्रिय प्रहरी कार्यालयले क्षेत्रभर कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीमध्ये उल्लेख्य र विशेष कार्य गर्ने प्रहरीको उल्लेख्य कार्य सम्पादनको मूल्याङकन गरी २०७० फागुन महिनाबाट उत्कृष्ट प्रहरीको रुपमाछनौट गर्न थालेको हो। कार्यालयले हालसम्म ४ प्रहरी नायव उपरीक्षक, ३ प्रहरी निरीक्षक, ४ प्रहरी नायव निरीक्षक, १ प्रहरी सहायक निरीक्षक र ४ प्रहरी जवानलाई पुरस्कृत गरिसकेको छ।