महोत्तरीको सीमानाका प्रयोग गर्दै युवती बेच्न भारत लैजाने क्रममा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत महोत्तरीले सोमबार पुर्पक्षका लागि जेल चलान गरेको छ।
जेल चलान हुने महोत्तरीको नैन्ही– २ बस्ने बुच्ची झाका २२ वर्षीय छोरा प्रदीप झा हुन्।
मङ्सिर ११ गते काठमाडौँ घर भएका एक युवतीलाई ललाइफकाई भारत बेच्न जाँदै गरेको अवस्थामा प्रदीप झालाई महोत्तरीको मूल सीमानाका भिट्ठामोडमा अवस्थित प्रहरी चौकीले युवतीसहित पक्राउ गरेको थियो।
झालाई प्रहरीले मानव बेचबिखन मुद्दा चलाएर महोत्तरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जलेश्वर कारगारमा पठाइएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए। रासस