प्रायः छोराले किरियाबस्ने हिन्दु संस्कारलाई चुनौती दिँदै जिल्लाको छपेली गाऊँ, थकनीकी १७ वर्षिया सन्तोषी राउत आफ्नो बावुको किरयापुत्री बसेकी छिन्।
मंसिर २६ मा बितेका आफ्ना ३५ वर्षिय बावु रामहरी राउतको किरीया बसेकी सन्तोषीले मृतकको शबमा दागबत्ती समेत दिएकी थिइन्। मुटुरोगका कारण अल्पायुमै ज्यान गुमाएका राउतका सन्तानका रुपमा तीन छोरीमात्र छन्। किरियापुत्री बसेकी सन्तोषी जेठी छोरी हुन्।
उनी पशुपती बहुमुखी क्याम्पस, चाबहिलमा कक्षा ११ मा पढ्दैछिन्। छोराले मात्र किरिया गर्ने परम्परागत पितृसत्तात्मक संस्कारलाई उनले चुनौती दिएको बताइन्। बरु आफू मर्न तयार भएको तर, बावुको किरिया गरिछाड्ने उनको अडानपछि समाजले उनलाई किरियापुत्रीको रुपमा स्वीकार गरेको थियो।