काठमाडौंको सितापाईला बस्ने सिन्धुपाल्चोक गुम्बा गाबिस घर भएकी ३५ वर्षीया लाक्पा लमिनीलाई अपहरण गर्ने ३ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सिन्धुली पिपलमाडी गाबिस–९ बस्ने श्रीलाल निङडुङ, निजकी श्रीमती ३० वर्षीया फुलमाया निङडुङ र ४० वर्षीय निममाया निङडुङ छन्।
लमिनीलाई जबरजस्ती ट्याक्सीमा राखी जोरपाटीस्थित वेसीगाउँमा ल्याई राखिएको भन्ने सूचनाका आधारमा प्रहरीले निजहरुलाई नियन्त्रणमा लिएर पीडितलाई उद्दार गरेको हो। निजहरुको लेनदेनसम्वन्धी कारोवार रहेको खुल्न आएको छ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।