दैलेखका प्रमुख जिल्ला अधिकारी (सीडीओ) चढेको गाडीले किचेर बालिकाको ज्यान गएको छ । शनिबार दिउँसो १२ बजेतिर सदरमुकामको त्रिभुवन उच्च मावि नजिकै बाटो सडकमा बा १ झ ७६५८ नम्वरको जिल्ला प्रशासन कार्यालयको जीपले किचेर २ वर्षीया बालिका खुशी मल्लको ज्यान गएको हो ।
नारायण नगरपालिका–३ भीरमौराका बुबा अमृत मल्ल र आमा प्रेरणा मल्लको एक मात्र सन्तान ती बालिकाको जीपले किचे लगतै जिल्ला अस्पतालमा पुर्याई उपचार थाल्दै गर्दा प्राण गएको थियो।
सवारी दुर्घटना कम गराउन चौतर्फी दवाव बढिरहेको बेला सीसीओको गाडीले बालिका मारेको भन्दै स्थानीयले प्रमुख जिल्ला अधिकारी सागरमणी पराजुली र सरकारको बिरोध गरेका छन्। घटनापछि जीप र चालकलाई प्रहरी नियन्त्रणमा राखिएको छ।
प्रमुख जिल्ला अधिकारी पराजुलीले परिस्थिति उत्तेजक हुन नदिन प्रहरीमै बसेर जनसम्पर्क बढाउनु भएको छ। अरु बेला एकदमै कम जनसम्पर्कमा जाने उनको स्वभाव छ।