मन्त्रीजीले भन्नुभयो– कैलाश सत्यर्थीले नोबेल शान्तिपुरस्कार पाउनुभयो। तर मैले त्यस्तो ठान्दिनँ। मैले ओस्लोमा नोबेल पुरस्कारको पाउने बेला पोडियमबाट जोडजोडसँग भनेको थिए, ‘यो पुरस्कार एक मलाई मात्र होइन, यो पुरस्कार संसारका सबै बालबालिकाका लागि हो।’
म भन्छु– अब यो पुरस्कार कसले जितेको हो? हामी सबैले (कार्यक्रममा उपस्थित बालबालिकाहरूले पनि समवेत स्वरमा ‘मैले ले भन्दै हात उठाएका थिए)।
कसलाई यो पुरस्कार मिलेको उसैले हात उठाऊ र भन मलाई मिलेको हो।
यो पुरस्कार पाएपछि सीधै म आफू जन्मेको मध्यप्रदेशको उडिसा जान चाहन्थेँ। त्यसपछि, र मैले कसैलाई नसोधी भनेँ कि दुनियाभरबाट जतिसुकै निम्तो आए पनि सबभन्दा पहिला मेरा छोराछोरीसँग, भाइबहिनीलाई भेट्न नेपाल जाने छु।
नेपालका बच्चा, यहाँका छोरी जब गुलामीमा, देहव्यापारमा फसेका हुन्थे तिनीहरुको उद्धार गरेर आमाहरुलाई सुम्पिन्थेँ। आमाहरुले आशा मारेका हुन्थे कि मेरी छोरी मैले गुमाएँ। ऊ फर्केर आफ्नो काखमा आउने छैन, छोराले कहियै आफ्नो छातीमा टाँसीएर चुम्ने छैन अब। तर, जब मैले ती नेपाली बहिनीहरुका बच्चा, भाइका बच्चाको काखमा छोराछोरी पुराइदिन्थेँ। उनीहरुको माया, उनीहरुको खुसीको पहिलो आँसु गालामा टप्किन्छ। मलाई लाग्छ परमात्माले मलाई आशिर्वाद दिइरहेको छ।
हामी ठूलामान्छेहरु धेरै गल्ती गर्छौँ। हामीले बच्चाहरुलाई सिकाउँछौँ तिमी हिन्दु हौ, तिमी मुसलमान हौ, तिमी यो जातिको हौ, तिमी अर्को जातिका हौ। हामीले पहिचानको नाममा सिकाउँछौँ– तिमी नेपाली हौ, तिमी बंगलादेशी हौं, तिमी अमेरिकी र तिमी अफ्रिकी हौ।
बच्चाले कहिलै कुनै पर्खाल बनाएनन्। बच्चाले कहिल्यै म हिन्दू या मुसलमान हुँ भन्दैनन् । बच्चाले नेपाली, भारतीय, अमेरिकी हो कि पाकिस्तानी भनेर चुनाव गर्दैनन्। हामीले गर्छौ।
कहिलेकाहीं त हामीले केही बढी नै सिकाउँछांै । तर हामी यो विर्सिन्छौँ मानवताको विखण्डित गर्दै छौँ। मानवता तोड्दै छौँ, टुक्रा गर्दैछौँ।
हामीले बच्चालाई सिकाउनु भन्दा उनीहरुबाट केही सिकौँ। ठूलाठूला पदमा भएकाहरु यहाँ बस्नु भएको छ। दुनियाँमा धेरै पढेलेखेका मान्छेहरु छन्।
तपाईँको मनमा अलिकति पनि सरलता छ, तपाईसँग सत्यता छ, तपाईँसँग नयाँ कुरा सिक्ने र सिकिरहने चाहना छ, तपाईँसँग अरुलाई क्षमा गर्ने क्षमता छ, झगडा गरेको केही छिनमै तपाईँले अर्को व्यक्तिलाई क्षमा गर्न सक्नुहुन्छ भने त्यो तपाईँको शिक्षाको कारणले होइन। यो भनेको तपाईँभित्र एउटा बच्चा हो। तपाईँभित्र बच्चा छ त्यसैले तपाईँ भित्र सरलता, सादगी र सत्यता छ।
म तपाईँसँग प्रार्थना गर्छु आफू भित्रको त्यो बच्चालाई मर्न नदिनुहोस्। बच्चाका आँखाबाट हे¥यांै भने तपाईँलाई यो दुनियाँ धेरै सुन्दर लाग्ने छ। बच्चाको आँखाबाट संसार हे¥यौं भने कोही पनि पराया लाग्ने छैन। बच्चाको आँखाबाट देख्न सिक्यौँ भने नयाँ नयाँ कुरा सिक्न सक्ने छौ र सिक्न बन्द गर्ने छैनौ। बच्चाजस्तो आँखा आफ्नो मनमा हुनुपर्छ। तब हामीले दुनियाँलाई एक बनाउन सक्छौँ।
केही दिनअघि पाकिस्तानमा यति ठूलो दुर्घटना भयो। ती बच्चाहरु विहान स्कुल आएका थिए, ड्रेस लगाएर। फर्किँदा उनीहरुको लास कफनमा बाँधिएर फर्कियो। मानवताको इतिहासमा यो भन्दा नराम्रो अध्याय कुनै छैन। यो भन्दा कालो पाना अर्को कुनै छैन। जब, डेढ सय बच्चाहरुलाई यसरी उभ्याएर निर्ममतापूर्वक बरबरताका साथ मारियो। उनीहरुका लागि हामीले एकै मिनेट मौन राख्यौँ आज। तर, हामीले हाम्रा बच्चाहरुलाई खास गरी यहाँ जतिपनि युवाहरु हुनुहुन्छ, उहाँहरुको सोच अझै राम्रो बनाउनुपर्छ। हामी अहिले इन्टरनेटबाट जोडिएको विश्वव्यापरुकरणको युगमा प्रवेश गरिसकेका छौं।
तर महत्वपूर्ण अर्को कुरा पनि छ जसले हामीलाई जोड्छ न्यो मानवता हो। लुम्बिनिमा जो एउटा सानो बच्चा जन्मीएको थियो र राजकुमार बन्यो। पछि, जेका कारण उसले दुनियाँलाई महानताको संन्देश दियो त्यो महानता सुरु हुन्छ मनमा जागेको करुणाबाट।
करुणाबाट पैदा भएको एउटा बालक एउटा नौजवान दुनियाँमै बुद्ध बन्न सक्छ। म मान्छु कि मेरो साथमा जति पनि बच्चाहरु छन् अहिले, उनीहरु करुणाले भरिएका छन्। करुणाले नै संसारका बच्चाहरुलाई जोडोस। भारतका बच्चा पाकिस्तानसँग जोडियुन्, नेपालका बच्चासँग जोडियुन,अमेरीकी अफ्रिकी र युरोपेली बच्चाहरुसंग जोडियुन। र संसारका बच्चाहरु एकआपसमा मिलुन, मानवताका लागि।
एउटा कुरा आज सबैले भनेका छौँ कि नोबेल पुरस्कार मेरो हो। अघि हात उठाएर भनेको थियौँ कि नोबेल पुरस्कार मैले जितेको। जसरी सबैले मेरो÷मेरो भनेका थियौँ नि त्यो पुरस्कार अव हामी सबैको भयो। नेपालका यति धेरै बच्चाले भनेका छौँ कि नोबेल पुरस्कार मेरो हो, हाम्रो हो। अब जिम्मेवारी पनि बढ्यो । एक्लो कैलाश सत्यर्थीको काँधको जिम्मेवारी अब मेरो भनेको हो तपाईँहरुले।
यो पुरस्कार मेरोमात्र होइन तपाईंहरूको पनि हो । र, बाल दासता हटाउने जिम्मेवारी पनि मेरो मात्र होइन हामी सबैको हो। यो नैतिक जिम्मेवारी सारा नेपालको हो।
तयार हो यसकोलागी तपाईँ? अब कुनै बच्चामाथि भएको अन्याय देखे आवाज उठाउनुहुन्छ ?कुनै छोरीमाथि कसैले घोचपेच गरे आवाज उठाउनुहुन्छ ? कुनै दलाल भारत वा गल्फबाट आएर हाम्रा छोरीहरुलाई
चोरेर, लोभ्याएर फकाएर गुलाम बनाउन लैजाला छिमेकमै । त्यस्तो देख्यौ भने के आवाज उठाउने छौँ?
(नोबेल शान्ति पुरस्कार विजेता सत्यार्थी शुक्रबार नेपाल आएपछि एपेक्स कलेजमा दिएको मन्तब्यको सम्पादित अंश।)