अष्ट्रेलियाको मनुरामा एकै परिवारका आठ जना बालकको चक्कु प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। हत्या गरिएकाहरु १८ महिनादेखि १५ वर्षसम्मका थिए। उनीहरुकी आमापनि घाइते भएकी छन। हत्या कसले र किन गर्यो भन्ने विषयमा कुनै तथ्य पत्ता लागेको छैन। घटनाका विषयमा अनुसन्धान जारी रहेका प्रहरीले जनाएको छ।
अष्ट्रेलियाका प्रधानमन्त्री टोनी अबोटले घटनाले शब्दमा वर्णन गर्नै नसकिने अपराध भएको बताएका छन। केही दिन अघिमात्र अष्ट्रेलियाको एक क्याफेमा आतंककारीले मानिसलाई बन्धक बनाएका थिए।