मदाक पदार्थ खाएर नेपाल विद्युत प्राधिकरण शाखा वितरण केन्द्रका फोरमेनमाथि चौथो तहका कर्मचारीले बिहीबार साँझ हातपात गरेका छन्।
चौथो तहका वीरेन्द्र राईले केन्द्रको कार्याकक्षमा आएर फोरमेन बसन्तकुमार दासमाथि हातपात गरेका हुन्। हातपातबाट उनी सामान्य घाइते छन्। केही स्थानमा गम्भीर चोटसमेत लागेको छ। उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि फर्किएका छन्। राईलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ। पीडितले निवेदन दिएको आधारमा नियन्त्रणमा लिएको हो।
कर्मचारीमाथि नै हातपात गरेको निवेदन आएपछि नियन्त्रणमा लिएर सार्वजनिक मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी संजयसिंह थापाले बताए। पीडितको घाउचोट लागेकोसम्म पाइएकाले मुद्दा चलाउने तयारीमा रहेको बताए।
पीडित बसन्तकुमारका अनुसार ४ देखि ७ बजेसम्मको लोडसेडिङ बेला आएका राईले अफिसमा फोन गरिरहँदा फोन तानिदिएर कुटपिट गरेको थियो। आफूलाई लछारपछारसमेत गरेको अस्लिल शब्दसमेत प्रयोग गदै टाउको, छाती शरीरका विभिन्न भागमा कुटपिट गरेको बताए। उनले योसम्म गरेर आफूलाई ३ पटकसम्म कुटेको बताए। उनी धरान २३ नम्बर क्षेत्रको कार्यरत कर्मचारी हुन्। उनी तेस्रो तहबाट भर्खरै चौथो तहमा बढुवा भएका थिए।