बिहीबार राति काठमाडौं उपत्यकामा भुकम्पको धक्का महशुस गरिएको छ। सोलुखुम्बुको नाम्चेबजारको २८ किलोमिटर उत्तर पश्चिम दोलखाको सीमालाई केन्द्रबिन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो। भुकम्प ९ बजेर १७ मिनेटमा गएको हो। सोलुखुम्बु जिल्ला, नाम्चे गा.बि.स. को मेलुंग भन्ने ठाउँमा केन्द्रबिन्दु थियो। केन्द्रविन्दुबाट सबैभन्दा नजिकको सोलुखुम्बुको मानव बस्ति १० किलोमीटर टाढा र दोलखाको मानब बस्ति १५ किलोमीटर मा पर्छ।
भूकम्पको धक्का काठमाडौं, भक्तपुर,विराटनगर पोखरा,चितवन, सुनसरी तथा भारतको विहारसम्म महसुस भएको छ।
यो पनि