पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको साडेपानी सडक खण्डमा गए राति भे१ख ७८१ नं को बस दुर्घटना हुँदा बसमा सवार १८ जना घाइते भएका छन्।
घाइतेहरूलाई सुख्खडस्थित स्वास्थ्य संस्थामा उपचारका लागि भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेहरूको अवस्था खतरामुक्त रहेको जनाइएको छ।
धनगढीबाट नेपालगन्जतर्फ गइरहेको उक्त बस सडकमा गुडिरहेको से२प २३०१ न्ां को मोटरसाइकललाई बचाउन खोज्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको बताइएको छ। बसचालक फरार रहेका छन्। रासस