केही सोधकर्ताहरूले आलुबाट पनि बिजुली बाल्न सकिने तथ्य भेटाएका छन्।
इजरायलको जेरुशेलमको हिब्रु विश्वविद्यालयका सोधकर्ता राबनिबीचले यस्तो तथ्य पत्ता लगाएका हुन्।
उनका अनुसार एउटा आलुबाट कम्तीमा पनि चालिसदिनसम्म एउटा बल्ब बाल्न सकिन्छ।
उनले यसका लागि भने कुनै नयाँ सिद्धान्त दिएका छैनन् माध्यमिक विद्यलय तहमा पढाई हुने रसाय विज्ञानका केही नियमलाई पछ्याउँदै उनले यस्तो तथ्य फेला पारेका हुन्
२०१०मा रबिनोबीचले क्यालिफोर्निया विश्वविद्यलयका एलेक्स गोल्डवर्ग तथा बोरिस रुबिस्कीसँग यस्तो सोधमा लागेका थिए।
केही जिङ्क, क्याथोड, एसिडलगायतका रसायनलाई आलुसँग जडान गरेर त्यसबाट आएको उर्जाले बल्ब बाल्न सकिने उनीहरूको निश्कर्ष छ।
यसरी बनाइएको आलु ब्याट्रीलाई मोबाइल तथा ल्यापटपबाट समेत चार्ज गर्न सकिन्छ।