नारायणगढ मलेखु सडकखण्डअन्तर्गत चितवनको दारेचोकमा आज बिहान भएको सवारी दुर्घटनामा पूर्वमन्त्री किरण गुरुङसहित चार जना गम्भीर घाइते भएका छन् ।
चितवनको मुग्लिनबाट काठमाडौ जाँदै गरेको ना२ख ८४२९ नम्बरको ट्रक र विपरीतदिशाबाट आउँदै गरेको ग१च ७९१६ नम्बरको कार एक–आपसमा ठक्कर खाई दुर्घटनामा परेको हो ।
घाइते हुने अन्यमा कार चालक हेटौँडाका सन्तोष लामा, रमा गुरुङ र बाबु गुरुङ रहेका छन् । उनीहरुको अहिले कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा उपचार भइरहेको छ ।
ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । रासस