पानी जहाजमा काम गर्न जान आवश्यक पर्ने क्रुज तालिमका लागि भारतको लखनउ पुगेका एक नेपालीको मृत्यु भएको घटनालाई लिएर जावलाखेल तनावग्रस्त भएको थियो।
एक साता अघि ब्रिटिश गोरखा म्यानपावरबाट १२ दिने पानी जहाजको कर्मचारी तालिमका लागि लखनउ पुगेका ललितपुर नखिपोटका २० वर्षे बिसु गुरुङको मृत्युको विषयलाई लिएर परिवार र आफन्तले गुरुङको मृत्यु संकास्पद भएको भन्दै आक्रोसित भडिले जाउलाखेल चोक र महानगरिय प्रहरी कार्यालय जावलाखेल तनाव ग्रस्त भएको छ। र्मतकका आफन्तले चोकमा प्रदर्शनमा गर्दा जाउलाखेल वरपरको ट्राफिक व्यवस्थापन ठप्प भएको थियो।
असार १२ गते भारतको लखनउ पुगेका उनको ३ दिनपछि नै मृत्यु भएको थियो। लखनउस्थित केन्द्रीय सामुन्द्रीक प्रशिक्षण संस्था सिएम आइटीमा प्रशिक्षणका लागि गएका उनको शव आइतबार विहान रेलवे ट्रयाकको किनारमा फेला परेको बताईएपनि परिवारजनले भने घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
आक्रोसीत परिवार र आफन्तजन जावलाखेलमा प्रदर्शन गर्दै । तस्विर प्रकाश लामा
गुरुङको परिवारले भने म्यानपावर र भारतस्थित प्रशिक्षण केन्›ले घटनाबारे समयमै जानकारी नगराएको र मृत्यु कसरी भयो भन्नेमा पनि फरक–फरक जानकारी दिएकाले निष्पक्ष छानबिनको माग गरेका हुन्।
गुरुङलाई रेलले किचेको भन्दै उनलाई लखनउ पठाउने ब्रिटिस गोर्खा ओभरसिज सर्भिस प्रालिले मंगलबार शव काठमाडौं ल्याएको थियो। लखनउबाट एउटा सादा कागतको भरमा उनको शव नेपाल ल्याइएको थियो । त्यहाँबाट म्यानपावरले उनको शवलाई महाराजञ्जस्थित शिक्षण अस्पतालमा ल्यएका थिए ।
१६ वर्षदेखि प्रशिक्षणका लागि नेपालीलाई भारत पठाउँदै आएकोमा मयानपावका ४ जना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएर छानबिन सुरु गरेको महानगरिय प्रहरी प्रभाग जावलाखेलले जनाएको छ।
भारतबाट यहि कागतको आधारमा गुरुङको शवलाई नेपाल ल्याइएको हो । तस्विर: प्रकाश लामा
यता म्यानपावर कप्मनीले भने पहिलो पटक यस्तो भएको भन्दै घटनाको जिम्मा आफूले नभई भारतस्थित प्रशिक्षण केन्›ले नै लिनुपर्ने दाबी गरेको छ।
शवको घाँटीमा छेडीएको छ भने, कोखामा तीनवटा प्वाल र खुट्टामा पिडुलामा चोट लागेको छ। उनलाई धारीलो हतियारले चोट लगाइएको आफन्तले बताएका छन्।
आक्रोसीत परिवार र आफन्तजन जावलाखेल प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्दै । तस्विर प्रकाश लामा