बालबालिकामाथि हुने यौनजन्य हिंसाको अन्त्यको माग गर्दै कालो टोपी लगाएका युवाहरुले यसको विरोधमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्। बालबालिकामाथि बढ्दै गइरहेको यौनदुव्र्यवहारका घटनाहरुमा समुदाय, सरकार र कानूनको उदासिनताको विरुद्धमा आवाज उठाउनका लागि आफूहरुले विरोधको प्रतिक स्वरुप कालोटोपी लगाएर विरोधमा उत्रिएको उनीहरुले बताएका हुन्।
शुक्रबार ९ देखि १० बजेसम्म नयाँ बानेश्वरमा करिब १०० जना युवा भेला भएर बालबालिकामाथि हुने यौनजन्य हिंसाको अन्त्य तथा बालमैत्री कानुनको निर्माण, बालबालिकाको लागि हिंसाबाट सुरक्षित वातावरण निर्माण, ३५ दिने हदम्यादको खारेजी, द्रुत न्याय प्रणालीबाट बालबालिकामाथि हुने बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरुमा न्यायको सुनिश्चितता, कानुन तथा नीतिमा परिवर्तन तथा सुधार लगायतका माग राख्दै अभियान थालिएको हो। बालमैत्री प्रहरी सेवा तथा यौनजन्य अपराधका घटनाहरुलाई जाँच गर्ने औजार, उपकरण र प्रशिक्षित मानव संसाधान र एउटै एकिकृत मेडीको लिगल फरम्याटको व्यवस्थाका लागि समेत कालो टोपीमा युवा अभियानले राष्ट्रभर दवाबमुलक कार्यक्रमहरु गर्नेछ ।
अध्ययन प्रतिवेदनहरुले सन् २०१३ मा बालबालिकामाथि हुने हिंसाका घटनाहरुमा ७३ प्रतिशतभन्दा बढि यौनजन्य हिंसा रहेको र ५० प्रतिशत बलात्कारका घटना मात्र रहेको देखाउँछ (ईन्सेक वर्ष पुस्तक, २०१४) । यसैगरी महिलामाथि हुने बलात्कारसम्बन्धि घटनाहरुमा गत वर्ष ५० प्रतिशत घटनाहरु १६ वर्षमुनिका बालिकाहरुमा मात्रै भएको तथ्याङ्कहरुले देखाएको छ (ओरेकद्वारा प्रकाशित अन्वेषी, २०७१) ।
बालबालिकाका आफूमाथि हुने हिंसाका बारेमा आफै बोल्न नसक्ने तथा उनीहरुका लागि पैरवी गर्ने तथा मुद्दाहरु नीतिनिर्माता सम्म पु¥याउने जिम्मेवारी युवा वा अभिभावकको भएको कारण युवाहरुले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस डिसेम्बार ५ का दिनदेखि हरेक शुक्रबार बालबालिकाको आवाजका रुपमा सडकमा आउने गतिशील युवा मञ्चका अध्यक्ष अमृत देवकोटाले बताउनुभयो ।
बालदुव्र्यवहार विरुद्ध विश्व दिवश १९ नोभेम्वर २०१४ मा कालो टोपीमा युवा अभियानको सुरुवात पछाडी थप दवाव तथा सचेतना अभिवृद्धिकालागि समाजसेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) तथा गतिशील युवा मञ्चले संयोजन गरेको तथा ३० भन्दा बढी मानव अधिकारवादी संघसंस्था, कलेज, युवा समूह आबद्ध अयियानले राष्ट्रव्यापी रुपमा कार्यक्रमहरु सञ्चालन गर्नेछ ।