हिजो आज जिल्ला अस्पताल रोल्पाको भित्तामा अनौठो सूचना देखिन्छ। २०७१ मंसीर ९ गतेको मितिमा ७ दिनका लागि भनेर निकालीएको उक्त सूचना हो जागीरका लागि टेन्डर।
जिल्ला अस्पताललाई ल्याव असीस्टेन्ट आवश्यकता परेपछि १२ हजार ५ सय नबढ्ने गरि सिटिईभिटिबाट 'ल्याव असिस्टेन्ट' उत्तीर्ण गरेकासँग सिलबन्दी टेन्डर माग गरिएको छ।
छनोट तरिका भने दरखास्त दिने योग्य उमेदवारहरु मध्येबाट सिलबन्दी खाममा पेस भएका आर्थिक प्रश्ताव मध्येबाट सबै भन्दा कम रकम कबुल गर्ने उमेदवार छनोट हुनेछ।
त्यसो त लोक सेवाले ल्याव असिस्टेन्ट रोल्पा कै होलेरी प्राथमिक स्वास्थ्य केन्द्रमा पठाई सकेको छ। यसैबीचमा राष्ट्रिय योजना आयोगले भर्खरै पठाएको एक जना ल्याव असिस्टेन्टलाई मन्त्रीको दबाव आएको भन्दै होलेरी मै पठाएर हतार हतार विज्ञापन खोलीएको नाम नखुलाउने सर्तमा एक कर्मचारीले भने।
कार्यालय प्रमुख र लेखा अधिकृत जिल्ला बाहिर रहेकाले यो विषयमा अरु बोल्न चाहेनन्।