नाइजेरियाको कानो शहर नजिकैको गाउँमा १४ बर्षकी दुलहीले मुसा मार्ने विष खुवाएर आफ्ना पति र अन्य तीन जनाको हत्या गरेकी छन्। उनले खानामा विष मिसाएकी थिइन। वासिला तासिउ नामकी ती बालिकाको गत अप्रिलमा ३५ वर्ष उमेरका सानीसँग विहे भएको थियो।
उनका ससुराले अदालतमा हत्याविरूद्ध मुद्दा हालेका छन्। घटनाका विषयमा नाइजेरिया विवाद सिर्जना भएको छ। उनी दोषी प्रमाणित भए फाँसीको सजाय हुन सक्छ। महिला अधिकारकर्मीले तासिउ बालिका भएको भन्दै सजाय माफि हुनु पर्ने माग गरका छन्।
जबरजस्ती बिहे गरिदिएको कारण तासिउले पतिलाई मारेको
समाचारमा जनाइएको छ।