बाराको बपरीयापुरस्थित विश्व प्रसिद्ध पञ्चवर्षीय बली प्रदान गढीमाईमा भोलि मङ्सिर शुक्ल पक्ष बिहानदेखि माईको पूजा अर्चना गरी करिब १० बजेदेखि पशुबली दिने कार्य सुरु हुनेछ ।
गढीमाई मन्दिरदेखि करिब १०० मिटर पूर्व रहेको ब्रह्मस्थानमा माई आउने भएकाले पुजारीको घरबाट माईको पूजा सामग्री पञ्चबलीसहित ब्रह्मस्थलमा आई पूजारी, झाँक्रीले माईको पूजाअर्चना गरी माईलाई खिर भोजन गराउने प्रचलन छ ।
झाँक्रीले आफ्नो शरीरको पाँच ठाउँबाट थोपा रगत माईलाई चढाएपछि सर्वसाधारणले पाँच बलिदिने कार्य सुरु हुनेछ । रासस