हप्ता दिनदेखि विराटनगरको नोबेल अस्पतालको आइसियु कक्षमा उपचाररत सप्तरीका रामप्रसाद साहले गएराति झ्यालबाट हाम फालेका छन्।
उनका आफन्त महेन्द्र साहका अनुसार आइसियुमा उपचार गराउँदै अाएका अर्का एक बिरामीको मृत्यु भएपछि रामप्रसाद डराइरहेका थिए।
रामप्रसादले अस्पतालका चिकित्सक र परिचारिकालाई अर्काे कोठामा सारिदिन आग्रह गरेका थिए। अस्पताल व्यवस्थापनले उनकाे आग्रह नमानेपछि डरले हाम फालेको हुनसक्ने अनुमान गरिएको छ।
झ्यालबाट हाम फालेका रामप्रसादको अवस्था गम्भीर रहेकाे अस्पतालका प्रशासकीय अधिकृत नारायण दाहालले बताए। रासस