उदयपुर कारागारमा कैदीहरूबीच भएको झडपमा ५ जना घाइते भएका छन्। कारागार प्रशासनका अनुसार कारागारका कैदी नाइके मनोज राईको समूहलाई अर्का कैदी संजिब राईको समूहले आक्रमण गरेपछि झडप भएको थियो।
नाइके राईलाई उनीहरूले कैदीहरूको शोषण गरेको, पैसा असुलेको, आफूहरूलाई सरुवाको बारेमा जानकारी नदिएकोजस्ता विभिन्न आरोप लगाउँदै आक्रमण गरेको प्रहरीले जनाएको छ।
घाइते सबै कैदीहरूको जिल्ला अस्पतालमा उपचार भइरकेको छ।